बाँके : बाँकेको कोहलपुर–१४ स्थित हवल्दारपुरमा हुरीबतासका कारण पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ।
कोहलपुर–१४ वीरगन्जका मीना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनका अनुसार खातुन स्थानीय राम्रो इन्टरप्राइजेज लगायतमा काम गर्ने गरेकी थिइन् ।
त्यस्तै हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् ।
घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्