प्रहरी कार्यालय नजिकै दुई युवामाथि खुकुरी हानियो

लमजुङ : लमजुङमा दुई जना युवामाथि खुकुरी प्रहार भएको छ । सुन्दरबजार नगरपालिका-९ स्थित इलाका प्रहरी कार्यालय भोटेओडार नजिकै मंगलबार दिउँसो २ युवामाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी आक्रमणबाट दूधपोखरी गाउँपालिका-६ गौडा निवासी ४२ वर्षीय लिलाजंग गुरुङ गम्भीर घाइते र दोर्दी गाउँपालिका-४ निवासी ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन् । लिलाजंगको टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनलाई भोटेओडार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ । मंगलराज भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सुन्दरबजार नगरपालिका-९, बालुने टोलका आकाश भन्ने ३० वर्षीय केशव घले, दोर्दी गाउँपालिका-५, पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका-६, ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका ७, लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङलाई नियन्त्रणमा लिएको छ  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार