कर्णेल मल्ल सैनिक सेवाबाट निष्कासित !

काठमाडाैं : नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्र कुमार मल्ललाई सैनिक अदालतले सैनिक सेवाबाट निष्कासित गरेको छ । मल्ललाई समरी सैनिक जनरल अदालतले जन्ममिति र नाम सच्याएको विषयमा सरकारी सेवामा अयोग्य नहुने गरी निष्कासित गरेको छ । सैनिक प्रहरीको हिरासत रहेका मल्ललाई उपरथी दिपक बानियाँको नेतृत्वमा बनेको समितिले छानबिन गरेको थियो ।

अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ल सैनिक अदालतको निर्णयले निष्कासित भएका छन् । मल्ल झण्डै साढे ४ महिनाअघि सैनिक सल्लाहकारको रूपमा न्यूयोर्क पुगेका थिए । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई फिर्ता बोलाएर अनुसन्धान थालिएको थियो । मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार