नेपाल एयरलाइन्समा पाइलट अभाव, उडान भए प्रभावित

काठमाडौं : नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ ।

हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् ।

Dengue

चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, “हाल निगमसँग अन्तर्राष्ट्रियतर्फ उडान गर्न दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छन् । वाइडबडी र न्यारोबडी जहाज उडाउन ३३ जोर चालक आवश्यक पर्ने भए पनि झन्डै २० जोर मात्रै चालक रहेका छन् । मौजाद चालकमध्ये चार जना वरिष्ठ चालक निलम्बनमा परेपछि उडान व्यवस्थापनमा त्यसको असर देखिन थालेको छ ।”

वाइडबडी जहाजका लागि ३४ जना र न्यारोबडी जहाजका लागि ३२ जना चालक आवश्यक रहेकोमा अहिले निगमसँग वाइडबडी उडाउन १७ जना र न्यारोबडी उडाउन २२ जना मात्रै चालक रहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार