नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं : मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा रोकिएको छ ।

आज ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड  ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भएको छ । 

Dengue

आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले, विन नेपाल  लघुवित्तको ६.२०, दिव्यश्वरी हाइड्रोपावरको ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले बह्देको छ ।

कारोबार रकमका आधारमा बरुण हाइड्रोपावरको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ । यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९-९ करोड मूल्य बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार