अनलाइनबाट जुवा खेलाउने ६ जना पक्राउ, २४ करोड बराबरको शंकास्पद कारोबार

काठमाडौँ : उल्फ ७७७ अनलाइन क्यासिनोबाट अनलाइन जुवा खेलाउने ६ जनालाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रूपन्देहीका २५ वर्षका आकाश मिश्र, २२ वर्षका अभिषेक जैसवाल, २५ वर्षकै नितेश हरिजन, २९ वर्षिय रामु गिरी, २८ वर्षका प्रतिक बस्याल र काठमाडौंका २९ वर्षिय सजल श्रेष्ठ रहेका छन् । 

Dengue

उल्फ ७७७ अनलाइन क्यासिनोबाट सट्टेवाजी (अनलाईन जुवा) खेलाउने काम गर्दै आएको भन्ने गोप्य सुचना व्यूरोलाई आएको थियो । 

सो सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा उल्फ ७७७ अनलाइन क्यासिनोका संचालकहरुले विभिन्न व्यक्तिहरुलाई बैंक खाताको क्युआर कोड सामाजिक संजाल मार्फत पठाई अनलाईन सट्टेवाजी (अनलाईन जुवा) खेलाउने गरेको थिए ।

त्यसबाट करिब २ महिना अगाडि देखि अन्दाजी २४ करोड रकम बराबरको शंकास्पद अनलाईन कारोबार हुने गरेको थियो ।

निजहरुमाथि उपर मुलुकी अपराध सहिता, २०७४ को दफा १२५ अन्तर्गतको सट्टाबाजी कसूरमा काठमाण्डौ जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान भईरहेको छ । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार