प्रतितोला छ सयले घट्यो सुनको मूल्य

काठमाडौँ : बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु. एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

आइतबार छापावाला सुन प्रतितोला रु. एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु. एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

Dengue

त्यस्तै, चाँदी आज प्रतितोला रु. एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु. एक हजार आठ सय २० मा कारोबार भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार