३ करोड २९ लाख खर्चेर राष्ट्र बैंकले गाडी किन्दै

काठमाडौँ : नेपाल राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन (कार) किन्ने भएको छ । 

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.सँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो । 

Dengue

गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम (डिजेल/पेट्रोल) कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो । 

उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्खित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । 

कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार