प्रि-मनसुनकै प्रभाव, काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौँ : काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गए रातिदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, बाग्मती र कोशी प्रदेशको केही ठाउँमा वर्षा भइरहेको हो ।

पूर्वको कोशीमा भित्रिएको मनसुन हिजो बेलुकादेखि बल्ल मधेस प्रदेशको पूर्वी भागमा पुगेकोले अन्य ठाउँमा अहिले भइरहेको वर्षा प्रि-मनसुनकै प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भइरहेको वर्षा केहीबेरमा रोकिने र आज बेलुका फेरि पानी पर्ने सम्भावना रहेको उनले बताएका छन् ।

Dengue

हाल देशको पूर्वी भ–ूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यी तीन प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार