बैतडीको एक घरमा आगलागी, ८ पशुचौपाया जले

बैतडी : बैतडीको एक घरमा आगलागी भएको छ । सिगास गाउँपालिका-२ धौलाडीका सुरेन्द्रसिंह धामीको घरमा शुक्रबार दिउँसो आगलागी भएको हो ।

आगलागीबाट ८ पुशचौपाया जलेर मरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भैंसीका लागि कुडो पकाउन बालेको आगो नजिकै राखेको खरमा सल्केको र उक्त आगो घरमा सल्किएपछि पशुचौपायामा क्षति भएको हो ।

Dengue

आगलागीबाट घरको तल्लो तला जलेर नष्ट भएको र गोठमा बाधेका एक भैँसी, एक हल गोरु र ५ बाख्रा जलेर मरेका छन् । घरभित्र राखेको मकै, गहुँ र लत्ताकपडा जलेका प्रहरीले बताएको छ ।

स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको, आगलागीबाट ३ लाख बढीको क्षति भएको प्रारिम्भक अनुमान रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार