ताप्लेजुङका पहिरो पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गरियोस् : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका विभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चारजनाको मृत्यु भएको र केही घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

Dengue

उनले हिमाली र पहाडी क्षेत्रको जोखिम न्यूनिकरण गर्न एकीकृत वस्ती विस्तारतर्फ जानुपर्ने बताए। बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले आकस्मीक,शून्य र विशेष समयमा उठाएका विषयहरूमा सरकारको ध्यानाकर्षण गराए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार