किन बालबालिकाको दाँत ढिलो आउँछ ?

काठमाडौं : सबै बालबालिकाको पहिलो दाँत आउने समय एउटै हुदैँन । कोहि बालबालिकाको छिट्टो आउँछ त कोहि बालबालिकाको ढिला आउँन सक्छ । 

केहि अभिभाबकहरु सानो उमेरमा दाँत उम्रेको बालबालिकासँग तुलना गरेर आफ्नो बच्चाको दाँत आएन भनेर तनाब लिन थाल्छन् । सामान्यतय बालबालिकाको दाँत ४ महिना देखि १५ महिनासम्ममा आउने गर्दछ । 

Dengue

२५ प्रतिशत बालबालिकाको दाँत ढिलो उम्रने बिज्ञहरु बताउँछन् । विभिन्न कारणले बालबालिकाको दाँत ढिला उम्रने सक्छ। त्यसमध्ये केहि कारणहरु यस्ता छन् । 

  • बंशानुगत, 
  • थाइराइड र अन्य हर्मोनको समस्या, 
  • भिटामिन डि को कमी,  कुपोषण, 
  • रगतको कमी, 
  • उमेर नपुगी जन्मेका कम तौलका शिशुहरु,
  • मानसिक र शारीरिक विकास ढिलो हुनु   

दाँत ढिला आउँदा बांगो टिंगो दाँत आउने, एकै ठाउँमा २ ओटा एकै समयमा आउने, समयमा चपाउन नसक्ने, गिजा भित्र सिस्ट बन्ने जस्ता असरहरु देखिन सक्छन् । बालबालिकाको १५ महिनासम्म पनि दाँत नउम्रेमा सम्बन्धित चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार