श्रीमान् बाट कुटिएकी बैतडीकी सुनाको डडेल्धुरा अस्पतालमा मृत्यु

बैतडी : बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ४ चिल्लेपानीका ६२ बर्षीय प्रतापसिंह ऐरीले आफ्नै श्रीमति ६० बर्षीया सुना ऐरीमाथि मंगलबार कुटपीट गरेका थिए ।श्रीमानको कुटाईबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

घरायसी विवाद कारण मंगलबार दिउँसो श्रीमतिमाथि प्रतापले कुटपीट गरेका थिए । कुटपीटबाट घाइते भएकी सुनाको टाउकोमा चोट लागेको थियो । उनलाई जिल्ला अस्पताल बैतडीबाट थप उपचारका लागि मंगलबार राति नै डडेल्धुरा रेफर गरिएको थियो । उपचारकै क्रममा सुनाको बुधबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dengue

प्रतापको कुटपीटबाट उनकी बुहारी २२ बर्षीया भावना ऐरी समेत घाइते भएकी छन् । आफ्नी श्रीमतिमाथि कुटपीट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताए । कुटपीट गरेर श्रीमतिको हत्या गर्ने प्रतापसिंह ऐरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बुधबार नियन्त्रणमा लिएको र उनीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । ऐरीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार