दार्चुलाका तिखुरे बैतडीमा मृत फेला

बैतडी : दार्चुलाको लेकम गाउँपालिका १ बित्थडका ५० वर्षीय तिखुरे खत्री बैतडीमा मृत फेला परेका छन्।

डिलाशैनी गाउँपालिका–६ बांगाबगरमा सडकबाट अन्दाजी २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा तिखुरेको शव शुक्रबार बेलुकी फेला परेको हो। 

Seti Hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले उनको मृत्युको कारण खुलेको छैन। मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा लगिएको उनले जानकारी दिए। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार