अतिक्रमित जग्गा खोज्दै सुदूरपश्चिम विश्वविद्यालय

कञ्चनपुर : देशकै पुरानो त्रिभुवन विश्वविद्यालयको जग्गा विभिन्न शक्ति समूहले अतिक्रमण गरेको र त्यसलाई फिर्ता ल्याउन सरकारी पहल भैरहेको समाचार आइरहँदा अन्य संघसंस्थाहरुले पनि आफ्नो अचल सम्पत्तिको संरक्षण गर्न चासो देखाइरहेका छन् । यस्तै मध्ये आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले पनि प्रक्रिया थालनी गरेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो।

सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ।

Dengue

समाचार सूत्रको भनाइ छ, विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापना गर्न तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो। टीकापुरस्थित क्याम्पससँग तीन सय ८० बिघा जग्गा रहे पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ । उक्त क्याम्पसको नाममा भएको   तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमणमा परेको छ।

विश्वविद्यालयले अतिक्रमित जग्गा खाली गराउन अधिकतम प्रयास गरिरहेको बताइन्छ । सूदुरपश्चिम विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीसँग समेत यसक विषयमा कुरा भएको सूत्र बताउँछ । विश्वविद्यालयको जमिन अतिक्रमणमा पर्दा क्याम्पस व्यवस्थापनमा बाधा पुगेको विश्वविद्यालयका रजिष्ट्रार प्राडा यज्ञराज पाठकको भनाइ छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार