नापीका घुस्याहा कर्मचारी घुस सहित अख्तियारको फन्दामा

भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई घुससहित रंगेहात नियन्त्रणमा लिएको छ ।

कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात गुप्तालाई नियन्त्रणमा लिएको स्रोतले बतायो । 

Seti Hospital

अख्तियारले उनलाई कार्यालय बाहिर नजिकको एक होटलबाट नियन्त्रणमा लिएको हो।

‘कार्यालयको कर्मचारी घुससहित नियन्त्रणमा लिएको विषय आधिकारीक रुपमा जानकारी आएको छैन,’नापी कार्यालय चन्द्रौटाका प्रमुख गोविन्दराज जोशीले भने,’कार्यालयमा छु,अख्तियारको टोलीले मलाई बाहिर बोलाएका छन्,जाँदैछु ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार