कञ्चनपुर कारगारका ‘डन’ नाईके प्रहरी र कर्मचारी बोकेर भट्टी पसलमा, प्रहरी हवल्दार निलम्बन,अरुलाई कारागारकै जिम्मा

कञ्चनपुर : कञ्चनपुरमा कारगारका कैदी र एक प्रहरी र कर्मचारी एक रेस्टुरेन्टमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका छन्। कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा भट्टीमा फेला परेको कञ्चनपुरका डीएसपी उमेश जोशी बताए ।

हिजो उनीहरू होटलमा भेटिएका थिए । अहिले सो विषयमा छानबिन थालिएको छ। डीएसपी जोशीले भने डीआइजी सरको निर्देशनमा कैदीसँग भेटिएका हवल्दार रामसिंह धामीलाई निलम्बन गर्ने गरी प्रक्रृया अगाडी बढाएका छौ र नाइके, अर्को कैदी र कारागारको कर्मचारीलाई कारागारकै जिम्मा लगाई दिएका छौ । बाहिर निस्केर मदिरा सेवनको विषय अनुसन्धान भैरहेको छ । उनका अनुसार अहिले प्रहरीले कारागारसंग समन्वय गरेर अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको जानकारी दिए। उनका अनुसार घटनाको विस्तृत छानबिनसमेत भैरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार