काठमाडौं : नेपाली कांग्रेसका सांसद कांग्रेस सांसद राजेन्द्रकुमार केसीले प्रतिनिधि सभाको बैठकमा छलफलको विषय नै थाहा नपाएपछि अलमलमा परेका छन्।
विनियोजन विधेयक, २०८१ माथि छलफल चलिरहेको बेलामा बोल्न रोष्ट्रममा पुगेका सांसद केसी विषय नै अर्को परेपछि फर्किएका हुन्।
विनियोजन विधेयकमाथि छलफल चलिरहेको बेलामा बोल्न रोष्ट्रममा पुगेका केसीले भने, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा हामी छलफल गर्दै छौँ। यो अत्यन्तै संवेदनशील विषय हो।’
केसीले फरक विषयमा बोल्न थालेपछि हाउसमा भएका सांसदहरू हाँस्न थालेपछि उनी केही बेर रोकिए।
उपसभामुखले भनिन्, ‘माननीयज्यू विनियोजन विधेयकमा हो ।’ त्यसपछि केसीले सोधे, ‘सुरक्षण मुद्रण होइन ?’ उपसभामुखले फेरि भनिन्, ‘विनियोजन विधेयक २०८१ मा हो।’
आफूले तयारी गरेको भन्दा अर्कै विषयमा छलफल भइरहेको उपसभामुखबाट थाहा पाए पनि सांसद केसी हाँसे र भने, ‘म त २०८१ को विनियोजन विधेयकका सन्दर्भमा केही कुरा राख्न चाहन्छु। वास्तममा… भनेपछि केही अलमलिए।’
त्यसपछि भने ‘म चाहिँ यो सुरक्षण मुद्रण सम्बन्धी विधेयकमा बोल्न आइरहेको थिएँ। यद्यपि अब यो विनियोजन विधेयकमा पनि छलफल गर्नुपर्ने भएपछि मलाई लाग्दछ मैले अब यो तल्लो ९सुरक्षण मुद्रण० मा बोल्ने हिसाब थियो मेरो म अर्को पटक यसैमा बोल्ने हिसाब गर्दछु धन्यवाद।’




प्रतिक्रिया दिनुहोस्