अरबपति बिनोद चौधरीका छोरा संग ३६ लाख घुस माग्ने कर्ण फरार, अख्तियारले काट्यो पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंकका सञ्चालक समिति सदस्य सुबोध कुमार कर्णलाई ३० दिनभित्र अख्तियारमा हाजिर हुन सार्वजनिक सूचना  जारी गरेको छ। 

उनीमाथि गम्भीर नैतिक विचलनको आरोप लागेको थियो। उनले ठूलो व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग ३० हजार डलर (करिब ३६ लाख रुपैयाँ) घुस मागेको आरोप लागेको थियो। 

Galaxy

उनले चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग  बार्गेनिङ गरेका थिए।  यो घुस प्रकरणको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा जानकार भए पनि  कर्णमाथि कारबाहीको प्रक्रिया सुरु भएको छैन।

चौधरी समूहले राष्ट्र बैंकमा खेपिरहेको व्यवधानको गाँठो फुकाउन सघाउने सर्तमा कर्णले प्रबन्ध निर्देशक निर्वाणलाई कम्तीमा ३० हजार अमेरिकी डलर माग्दै मोबाइल सन्देश पठाएका थिए। 

कर्णले चौधरी समूहको मुख्य सेयर स्वामित्व रहेको नबिल बैंक र नेपाल बंगालादेश बैंकबीचको मर्जरको प्रक्रियालाई अघि बढाउन सघाउने, कर छुटका लागि सहयोग गर्ने तथा केन्द्रीय बैंकमा अड्किएको सिजी सिमेन्टको सेयर लेखाङ्कनसम्बन्धी प्रस्तावलाई खुलाइदिने सर्तमा बार्गेनिङ गरेको जनाइएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई ११ वैशाख २०७५ मा उनलाई पाँच वर्षका लागि केन्द्रीय बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार