नेपाल राष्ट्र बैंकद्वारा पे वेल र सजिलो पे को बैंक खाता रोक्का

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक सेवा कम्पनीहरु पे वेल र सजिलो पे को बैंक खाता रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ती कम्पनीहरूको बैंक खाता रोक्का गरिएको जनाएको हो ।

राष्ट्र बैंकबाट अनुमति लिएर डिजिटल भुक्तानी सेवा सम्बन्धी काम गर्दै आएका ती कम्पनीहरूको कारोबार नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेकोले बैंक खाता रोक्का गरिएको जनाइएको छ ।

Dengue

 ‘यस बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरू पेवेल नेपाल प्रा.लि., अनामनगर, काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि., बालुवाटार, काठमाडौंबाट भैरहेका कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको हुँदा उपर्युक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

ती कम्पनीहरूको बैंक खाता बन्द भएपछि स्वभाविक रुपमा भुक्तानी सम्बन्धी कारोबार समेत बन्द हुने भएका छन् । राष्ट्र बैंकले ती संस्थाहरूमाथि छिटो अनुसन्धान गरिने र ग्राहकहरूको असुविधालाई सम्बोधन गरिने बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार