गगनले संसदीय समितिलाई भने : सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्थाहरूको बचत रकम अपचलनबारेमा छानबिन गर्न गठित संसदीय समितिलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिन सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा उनले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा नाम राख्न नसकिए पनि लामिछानेदेखि महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि बयानका लागि बोलाउनुपर्ने बताएका छन् ।

Dengue

विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा गएको रकम गैरकानुनी रहेको भन्दै यसमा संलग्न सबैलाई बयान लिनुपर्नेमा थापाले जोड दिए ।

उनले संसदीय समितिले कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने पनि बताए ।

थापाले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै गृहमन्त्री लामिछानेले आफूबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

त्यस्तै उनले सदनमा प्रस्तुत भएको गृहमन्त्री लामिछानेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार