ठमेलमा ‘जाने हो’ भन्दै केटा जिस्काउने महिला ग्याङ प्रहरी फन्दामा

काठमाडौं : प्रहरीले ठमेलबाट अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई पक्राउ गरेको छ ।

शुक्रबार राति प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको हो ।

Dengue

पक्राउ पर्नेमा युगान्डा घर भई ठमेल बस्ने भिउला नकासङ्गो किसाम्बरा, रिचेल नामुद्ध्, सराह नमता किवानुका, रोबिन्या नाकाज्जे, ज्याकलाइन नकन्दह, भेनेस्सा नमुटेबी, शरीफा सेमिटेगो, नासिङगी रिचेल र केन्या घर भई  ठमेल बस्ने हेलेन अधिम्बो रहेका छन् ।

त्यस्तै नुवाकोट घर भई टोखा बस्ने रोशनी श्रेष्ठ, काठमाडौँको मनमैज’ बस्ने कृष्टिना क्षेत्री, सिन्धुपाल्चोक घर भई बालाजु बस्ने सिर्जना तामाङ, रसुवा घर भई तारकेश्वर ९ बस्ने रुबी तामाङ, धनकुटा घर भई  काठमाडौँको बालाजु बस्ने इन्दु राई र कैलाली घर भई काठमाडौँको माछापोखरी बस्ने निशा सुनारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार