यी ६ संसदीय समितिका बैठक आज बस्ने

काठमाडौं : संघीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्दैछ।  

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। बैठकमा साह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। 

Dengue

यस्तै दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। 

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। तर बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन।

बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजेका लागि बोलाइएको छ। बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ। 

दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।  

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजे नै बोलाइएको छ। बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार