महेश संग जुधिरहेकी शोभालाई राष्ट्रिय युवा संघको कारबाही

काठमाडौँ : धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ७ स्थायी घर भएकी ‘शोभा’लाई नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले कारबाही गरेको छ । केही समय यता एमालेका नेता महेश बस्नेत विरुद्ध उनी निकै उग्ररुपका साथ प्रतिपादमा उत्रिएकी हुन् । बलत्कार देखी अन्य विभिन्न आरोप महेशमाथी लगाउदै आएकी शोभा पाठकलाई राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य हुँ भन्दै अराजक गतिविधि गरेकाले कारबाही गरिएको संगठनका महासचिव सुमन पुरीले जानकारी दिए।

शोभालाई २०८० साल पौष २२ गतेको बसेको केन्द्रीय पदाधिकारी बैठकको निर्णयले कारबाही गरेको थियो। तर अहिले पनि शोभाले आफू युवा संघमा भएको कुरा बताउँदै आएपछि हिजो ९सोमबार० मात्रै एक विज्ञप्तिमार्फत शोभालाई कारबाही गरिएको जानकारी गराइएको छ।

Dengue

उनलाई संगठनको विधान अनुसार साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरिएको बताइन्छ।

भीआइपी ठगदेखि हनीट्र्यापरसम्मको आरोप खेप्दै आएकी शोभा पछिल्लो समय कयौं मान्छेसँग जोडिएर विवादमा आएकी थिइन्। उनको सुदूरपश्चिमस्थित डडेल्धुराका लक्ष्मण सिंहदेखि विभिन्न विचौलिया, भ्रष्टाचारी कर्मचारी लगायत शीर्ष नेताहरुसँग जोडिदै आएको छ।

केही समय अगाडि एमाले नेता महेश बस्नेतसँग पनि आफ्नो सम्बन्ध रहेको भन्दै उनले बखेडा झिकेकी थिइन्। उनले सो विषयमा काठमाडौं प्रहरीमा मुद्दासमेत दिएपनी सरकारी वकिलको कार्यालयले भने मुद्दा नचलाउन सुझाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार