फरार सुचीमा रहेकी पुनर्वासकी सिमा सहित लुकेर बसेका ७ जना पक्राउ

धनगढीः अदालतबाट दोषी ठहर भै फरार सुचीमा रहेका ७ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुर र कैलालीले फरार सूचीमा राखेका एक युवती, एक किशोर र पाँच जना युवक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर तर फरार भएकाहरुलाई पक्राउ गरेको हो। प्रहरीले हिजो (आइतबार) एक युवती, एक किशोर र पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो।

dashain shuvakamana
Discovery School

वन मुद्दामा २६ हजार ५३० रुपैयाँ जरिवाना ठहर भएका कैलालीको गोदावरी नगरपालिका–९ का ४० वर्षीय पुरन रानालाई प्रहरीले पक्राउ गरेको छ। अर्काको परिक्षा दिएर दोषी ठहर भएका अर्का युवक पनि पक्राउ परेका छन्। २५ हजार जरीबाना ठहर भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २३ वर्षीय विकास जैशी र अर्काको परिक्षा दिएर २५ हजार नै जरीबाना ठहर भएका पुनर्वास नगरपालिका–८ की २२ वर्षीया सिमा तिमिल्सेना पक्राउ परेकी हुन।

त्यस्तै अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भएका तर फरार अछामको मेल्लेख गाँपालिका–६ का १८ वर्षीय एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ। अर्काको परिक्षा दिएर २५ हजार जरीबाना ठहर भएका मेल्लेख गाउँपालिका–६ का ३० वर्षीय कृष्ण बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै बैकिङ् कसुर मुद्दामा एक हजार जरिबाना ठहर भएर फरार भएका गोदावरी नगरपालिका–२ का ३१ वर्षीय नेत्र कामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उता कञ्चनपुरमा लागुऔषध मुद्दामा चार महिना १० दिन कैद सजाय र २ हजार जरिबाना ठहर भएर फरार भएका भीमदत्त नगरपालिका–२ का २५ वर्षीय लोकेश शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार