टिओआरबारे कुरा नमिलेपछि दुवै पक्ष आन्तरिक छलफलमा

काठमाडौं : सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर) बारे बालुवाटार बैठक निष्कर्षविहीन भएपछि अबको रणनीति तय गर्न सत्तापक्ष र विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन्।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारूढ दलहरू बालुवाटारमै छलफलमा जुटेका छन् भने १ बजेका लागि कांग्रेस नेताहरू बूढानीलकण्ठमा जुट्दैछन्। 

Dengue

त्यसपछि दिउँसो ३ बजे तीन शीर्ष नेताहरूबीच वार्ता हुने भएको छ। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच वार्ता हुने भएको हो। 

सोमबार बिहान सत्तारूढ दल र विपक्षी दलका नेताहरूसँग छुट्टाछुट्टै र संयुक्त रूपमा प्रधानमन्त्रीले गरेका छलफल दुवै पक्ष आफ्नो अडानबाट पछि नहट्दा निष्कर्षमा पुग्न सकेन। कांग्रेसले गृहमन्त्री लामिछानेको नाम टिओआरमै किटेर जानुपर्ने अडान छाडेन भने सत्तारूढ दलहरू त्यसमा तयार छैनन्। 

आफ्नो मागअनुसार टिओआर बनाएर छानबिन समिति गठन नभएसम्म सदन नखुलाउने कांग्रेसको अडान छ, जसकारण आगामी आर्थिक वर्षको बजेट कसरी आउने भन्नेमै अन्योल कायम छ। यद्यपि सरकारले सदनबाटै बजेट ल्याउने दाबी गरेको छ। सरकारलाई जेठ १५ अर्थात् भोलि बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार