कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमै राख्न अनुमति

काठमाडौँ : नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ।

अब उनी ३ दिन प्रहरी हिरासतमै रहने भएका छन्। यसअघि बुधबार पनि उनलाई धनुषाा जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो। 

SHIKHAR COOL TECH

आज न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले भने ५ दिन मागेको थियो।

सिरोहिया पक्षका वकिलहरूले गैरकानुनी धरपकड गरेको र मुद्दा थुनामा राख्ने खालको नभएकाले छाड्न माग गरेका थिए। आज अदालतमा पेस हुनु अघि सरकारी वकिलको कार्यालयमा उनीसँग बयान लिइएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार