सहकारी प्रकरण : कार्यदलले गर्न सकेन सहमति

काठमाडौं : सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठकले आज पनि कुनै सहमति जुटाउन सकेन। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक कुनै टुंगोबिना नै सकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। सहमति नभए पनि बैठक सकारात्मक भएको भने उनले दाबी गरे।

उनले भने, ‘उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔं भन्ने ढंगको प्रस्ताव ल्याउनुभएको छ। त्यसबारेमा हामी दुवै छलफल गरेर फेरि बस्ने कुरा भएको छ।’

Seti Hospital

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन।

कार्यदलका अन्य सदस्यमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार