सहकारीपीडित आजदेखि तेस्रो चरणको आन्दोलनमा

काठमाडौं : सहकारीपीडित बचतकर्ताले देशका विभिन्न स्थानबाट फेरि आन्दोलन शुरु गर्ने भएका छन्। सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितरूले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन्। 

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज माइतीघरमा बिहान ११ बजे सभा गर्दै बानेश्वरसम्म र्‍याली गर्ने भएको छ। 

Dengue

माइतिघरको सभामा मात्रै करिब ७ हजार पीडितहरु सहभागी हुने अनुमान गरिएको महासंघका अध्यक्ष कुसलभ केसीले जानकारी दिए। त्यस्तै महासंघले चितवन, धरान, पोखरा र बारालगायतका स्थानमा पनि आन्दोलन गर्ने भएको छ। 

महासंघका अध्यक्ष केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए। आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरे पनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो पटक आन्दोलन गर्नु परेको उनको भनाइ छ।

हालका मन्त्री बलराम अधिकारीले पनि आफूहरूको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए पनि उत्तरदायी नबनेका  कारण संघर्षका कार्यक्रम गर्न लागेको अध्यक्ष केसीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार