कैलाली : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ युवा युवती पक्राउ परेका छन ।
आज (बिहिबार) साँझ गोदावरी नगरपालिका-२ अत्तरिया स्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित २ युवक र १ युवतीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्