काठमाडौं : नेपाली कांग्रेसकव भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको कोटेश्वरमा राँके जुलुस प्रदर्शन गरेको छ । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार कोटेश्वर चोकमा मशाल जुलुससहित प्रदर्शन गरेको हो ।
तरुण दलका नेता-कार्यकर्ताहरूले कोटेश्वरको महादेवस्थान गेटबाट मशाल जुलुस निकाल्दै मुख्य सडकमा अवरोध समेत गरेका थिए। सहकारी प्रकरण र सरकारको रवैयाका विरुद्ध राँके जुलुस प्रदर्शन गरिएको तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीले जानकारी दिए ।
राँके जुलुस कोटेश्वर चोकमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्