गृहमन्त्री लामिछानेमाथि अब छानबिन होइन राजीनामा माग्नुपर्छ : नैनसिंह महर 

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अलोकतान्त्रिक कदमबारे पार्टीले प्रस्ट नीति लिनुपर्ने बताएका छन् । बुधवार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नेता महरले वर्तमान सरकारले जनताको हितमा काम नगरेको बताए ।

‘यो लोकतान्त्रिक पद्धति अनुरूप चलिरहेको छैन । त्यसकारण यो सरकारका प्रति पार्टीको बुझाइ प्रस्ट हुनुपर्छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि त अब छानबिन गर्ने मात्रै होइन, उनको राजीनामा ढिला भइसकेको छ,’ उनले भने ।

Dengue

मङ्गलवार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सरकारले प्रतिसोध साँधेर धरपकड गरेको भन्दै महरले आपत्ति जनाए । ‘हिजो जसरी प्रतिशोध साँध्ने गरी कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धरपकड गरिएको छ, यो सरकार लोकतान्त्रिक हुनै सक्दैन,’ उनी भन्छन् ।

उनले पार्टीले सरकारविरुद्ध सडक सङ्घर्ष चर्काउन ढिला भएको बताए । ‘संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निभाउनुपर्छ । सडकबाट पनि दबाब दिनुपर्छ,’ उनले भने, ‘कांग्रेसले बोलीले होइन, व्यवहारमै लोकतन्त्रका लागि सङ्घर्ष गर्ने र लोकतन्त्र बचाउनुपर्ने स्थिति बनेको देखिएको छ ।’

नेता महरले गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरूमाथि अनेक आरोप लगाइरहेको भन्दै ती हरेक आरोपमाथि छानबिनका लागि नेपाली कांग्रेस खुला हुनुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार