अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ परेको बताएका छन् । सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधेको प्रधानमन्त्रीले बताएका हुन् ।

‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताए । ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,’ उनले भने । ‘सरकारले रिसइबी साध्यो भन्ने छ नि’ पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ? ‘

Dengue

उनलाई गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोधका कारण पक्राउ गरेको भन्न छ नि भनी सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो मान्छेले भन्ने कुरामात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’

अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार