पशुपतिनाथको भेटी चोरीमा कोषका कोषाध्यक्ष नै संलग्न

काठमाडौं : भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गराउने कार्यमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। 

कोषाध्यक्ष सुवेदीकै निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको पक्राउ परेका कर्मचारीहरुले जिकीर गरेका छन्। मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सीसीटीभीको निगरानीमा राख्दा भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले हिजो रंगेहात पक्राउ परेका थिए। पक्राउ परेका मध्ये कर्मचारी अनिल परियारले सुवेदीको नाम पनि पोलेका हुन्। 

Dengue

आफू पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएका हुन्। पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै ज्याकेटमा लुकाएर भेटी लुकाएर लैजाने गरेको खुलेको छ। कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा लगाएको छ। पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन्। 

पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। भेटी संकलनको जिम्मेवारी नायव सुब्बा ढोडारीले हेर्दै आएका थिए। तर, कोषाध्यक्ष सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई खटाएको देखिएको छ। 

दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुने पशुपतिमा दैनिक १० देखि १५ हजार रुपैयाँसम्म चोरी हुने गरेको देखिएको छ। उनीहरुमाथि सीसीटीभी र अन्य प्राविधिक पाटोबाट थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाका डीएसपी केशवराज थेबेले जानकारी दिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार