डाक्टर प्रसन्ना मृत्युु प्रकरण : विवाहको प्रस्ताव अस्वीकार गर्ने प्रेमी जेलबाट छुटे

धनगढी: धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा जेल गएका डाक्टर सन्दीप भट्टराई हिजो (आइतबार) जेलमुक्त भएका छन् ।

कैलालीका जेलर दिपक पाण्डेले भट्टराई कैद भुक्तान सकेर हिजो रिहा भएको जानकारी दिए। उनका अनुसार उनले अदालतले तोकेको कैद भुक्तान गरेपछि छुटेका हुन्।भट्टराईलाई जिल्ला र उच्च अदालतको आदेशले कारागार चलान गरिएको थियो।

Dengue

गत वर्षको जेठ ४ गते धनगढीमा डा. प्रसन्ना मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका भट्टराईलाई कारागार चलान गरिएकाे थियो। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना आफ्नै घरकाे काेठामा मृत भेटिएकी थिइन्। त्यसपछि प्रेमी भनिएका भट्टराई र अर्का एकजना पूर्व प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको थियो।

साे मुद्दामा अर्का पूर्व प्रेमी भने ५० हजार धराैटी बुझाएर तारेखमा छुटेका थिए।

मृतकको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा प्रहरीले मायामेट्रो अस्पतालमै कार्यरत डा. भट्टराई र अर्का पूर्व प्रेमीलाई गत वर्षको जेठ ६ गते पक्राउ गरेकाे थियाे। अनि अदालतले एकलाई कारागार चलान र अर्कोलाई धरौटीमा रिहा गरेको थियो।

कारागार चलान भएका भट्टराई र मृतक शाह प्रेम सम्बन्धमा रहेकाे बताइएको थियो। डा. भट्टराईले विवाहकाे प्रस्ताव अस्वीकार गर्दा प्रसन्नाले झुन्डिएर आत्महत्या गरेकाे भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार