कांग्रेसलाई प्रधानमन्त्रीको धम्की : यो अवरोधको चर्को मूल्य चुकाउनुपर्छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत लिने क्रममा संसदमा गरेको अवरोधको कांग्रेसले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

कांग्रेसको नाराबाजीका बीच बोलेका प्रधानमन्त्री प्रचण्डले संविधान अनुसार विश्वासको मत लिन अवरोध गरेको प्रति दु:ख व्यक्त गरे।

Dengue

‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो। नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक-पटक साथ दियो। र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मिहिनेत गरेको छ, त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो यसप्रति गहिरो दु:ख व्यक्त गर्दछु।’ प्रचण्डले भने, तपाईंहरुलाई यसको मूल्य चर्को पर्नेछ । आज तपाईंहरुको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार