कांग्रेस संसदीय दलको बैठक सुरु (तस्बिरहरु)

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दल बैठक सुरू भएको छ । संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सोमबार बिहान १० बजेदेखि संसदीय दल बैठक सुरू भएको हो ।

सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बैठकबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउने छ ।

Dengue

बैठकमा गृहमन्त्रीले आइतबार संसदमा गरेको सम्बोधनबारे समेत छलफल हुने जनाइएको छ । यसअघि आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वास मत लिने तयारी गरेका छन् । प्रतिनिधि सभा बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक पनि बस्दैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार