कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसद बैठक बस्नुअघि कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको हो । दुवै बैठक संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछन् ।

गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्ने क्रममा आफ्नो दललाई मात्र जोडेर आरोप लगाएको टिप्पणी गरेको कांग्रेसले पार्टीको आगामी भूमिका तय गर्न बैठक बोलाएको जनाएको छ । आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले धारणा बनाउने बताएको छ ।

Dengue

संसदमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पनि लिँदैछन् । सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद अवरोध गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार