काठमाडौँ : राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता रहेका कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा पनि अवरोध गर्ने बताएका छन् ।
उनले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने पार्टीको निर्णय भएको बताए ।
कांग्रेसले मङ्गलवारदेखि राष्ट्रिय सभा पनि अवरोध गर्ने भएको हो ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्