पर्सा प्रहरीले गोली हानेर एक भारतीयलाई समात्यो

काठमाडौं :  पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ।

गएराति ११ बजे वीरगञ्ज महानगरपालिका-१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कुमार विक्रम थापाले जानकारी दिए।

Dengue

उनी काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि संलग्न भएको प्रहरीको अनुमान छ।  प्रवक्ता थापाका अनुसार लाल मोहम्मद हत्यामा सम्लग्न  देखिएको भन्दै थप अनुसन्धान जारी रहेको बताए। उनलाई खुट्टामा गोली लागेको र उपचार पश्चात् अहिले प्रहरी नियन्त्रणमा छन्।  

उनको साथबाट प्रहरीले लागूऔषध  ब्राउन सुगर र पेस्तोल र दुईथान गोली समेत बरामद गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार