काठमाडौं : नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआजी)मा बढुवाका लागि सिफारिस भएका छन्।
जनपद प्रहरीको समूह तर्फका दुई जना भीम प्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका हुन्।
त्यस्तै प्राविधिक समूह अन्तरगत इन्जिनियरिङ उपसमूहका प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका तर्फका डाक्टर देउती गुरुङलाई डीआएजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिका सदस्य सचिव एआइजी टेकप्रसाद राईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्