दुई मन्त्री लिएर ओलाङ्चुङगोला पुग्दै एमाले अध्यक्ष ओली

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको आलाङचुङगोला जाने भएका छन्।

एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्घाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ आज ताप्लेजुङ आउन लागेको नेकपा एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए। 

Seti Hospital

ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि ताप्लेजुङ जाने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।  

अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको समेत निरीक्षण गर्ने तालिका छ। ओली त्यसपछि ओलाङचुङगोला पुग्नेछन्। सामारीक महत्वको यस ठाउँमा उत्तरी सिमाना चीनको रिउबाट गोला जोड्ने मोटरबाटो आइपुगेको छ।

तमोर करिडोर मार्फत् ओलाङचुङगोला जोडिएपछि यहाँका बासिन्दालाई ओहोरदोहोर गर्न सहज भएको छ। सदरमुकाम फुङलिङबाट ६५ किलोमिटरमा रहेको ओलाङचुङगोलामा साना सवारीको ओहोरदोहोर हुन थालेको छ।

कोरोना महामारीपछि बन्द भएको चीनकोसँगका नाका खोल्न स्थानीयको माग छ। चीनले नाका बन्द गर्दा स्थानीय मारमा छन्। ओलीले त्यहाँको निरीक्षण गर्ने र नाका खोल्न पहल जनाइएको छ।  ओली आजै ओली काठमाडौं फर्कने तालिका छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार