दुर्गा प्रसाईंले इलाम निर्वाचनमा सुँगुर उठाउने!

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले इलाममा हुने उपनिर्वाचनमा सुँगुर उठाउने बताएका छन्। 

दाङमा भएको आमसभालाई सम्बोधन गर्दै प्रसाईंले पूर्वतर्फ अहिले चुनावको नाटक मञ्चन भइरहेको र  यस्ता चुनावले जनतालाई केही पनि दिन नसक्ने हुँदा आफूले सुँगुर उठाउन लागेको बताए।

Galaxy

इलामका उमेदवारहरुलाई लक्षित गर्दै प्रसाईंले सक्छौ भने उपनिर्वाचनमा हुने खर्चले लघुवित्त र सहकारीको ऋण तिरेर ती गरिबहरुलाई झुण्डिनबाट जोगाउन चुनौती दिए। 

आफू नेपालका कुनै पनि शक्तिसँग नडराउने दावी गर्दै प्रसाईंले अर्को ठूलो काण्ड सार्वजनिक गर्न लागेको बताए। मृत्युलाईसमेत सँगै बोकेर हिँडेको बताउँदै उनले अब तस्करहरुको फिलिम नै देखाइदिने चेतावनी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार