रास्वपाका उम्मेदवार लिम्बूको उम्मेदवारी दर्ता गराउन श्रममन्त्री अर्याल जाँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुले शनिवार दिउँसो १ बजेभित्र मनोनयन दर्ता गराउने भएका छन् । 
 
मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै उनले बिहान ११ बजेसम्म पार्टी अफिसमा भेला हुने र साढे ११ बजे पार्टी अफिसबाट मनोनयनको लागि र्‍यालीसहित जाने बताए । 

निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि १२ बजेदेखि १ बजेभित्र मनोनयन दर्ता गराइसक्ने उनको भनाइ छ । 

Dengue

त्यसपछि २ बजेभित्र पार्टी कार्यालय फर्किने र २ बजेदेखि ४ बजेसम्म उम्मेदवारसँग भलाकुसारी तथा भेटघाट कार्यक्रम राखिएको छ ।

यस्तै ४ बजे देखि पार्टी कार्यालयमा केन्द्रीय नेताहरूद्वारा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

उम्मेदवारी दर्ता रास्वपाका उपसभापतिसमेत रहेका श्रम तथा रोजगारमन्त्री डोरप्रसाद (डीपी) अर्याललगायत नेता सहभागी हुने कार्यक्रम तय छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार