मिडियाका प्रकाशक र सम्पादकविरुद्ध गृहमन्त्रीपत्नी निकिताले हालिन् मुद्दा

काठमाडौँ : उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेपत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध मुद्दा हालेकी छिन्। 

पौडेलले काठमाडौँ जिल्ला अदालतमा लिखत गाली बेइजतीको कसुरमा आज २९ जनाविरुद्ध मुद्दा दर्ता गराएकी अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थी जानकारी दिए।

Dengue

उनका अनुसार गृहमन्त्रीपत्नी पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएकी छिन्।

उनले आफ्नो नाम जोडेर सहकारीका विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरेकी छिन्। 

पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन्। उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ। 

साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरणको समाचारमा पौडेलको नाम उल्लेख थियो। पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार