धनगढीको जंगलमा प्रहरी जवान मृत फेला

काठमाडौं : कैलालीको धनगढीमा प्रहरी जवान मृत फेला परेका छन्।

दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन्।

प्रहरी जवान विक बुधबार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनी बझाङबाट बिदा लिएर परिवारलाई धनगढी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार