सौताको ह’त्या आरोपमा महिला पक्राउ

डोटी : सौताको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बडीकेदार गाउँपालिका-२ की ३७ वर्षीया यमुना घर्ती मगर ४२ वर्षीया दुर्गा घर्ती मगरको हत्या आरोपमा पक्राउ परेकी हुन् । 

बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्ती मगरकी जेठी श्रीमती दुर्गा चैत १३ गते टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट जान हिँडेकी थिइन्। नफर्किएपछि खोजी गर्दा भोलिपल्ट बिहान घट्टभित्र मृत फेला परेकी थिइन्। 

मृतककी भाइबुहारी डम्मरी थापा मगरले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि यमुनालाई प्रहरीले पक्राउ गरेको हो। 

यमुनाले ढुङ्गा, हँसिया र बञ्चरो प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए। उनीमाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार