उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस, आज पनि देउवानिवासमा बैठक

काठमाडौं : उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठक बिहीबार पनि बस्दैछ। संसदीय बोर्डको बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ। 

पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उम्मेदवार चयनमा सहमति नजिक पुगेको र आजको बैठकले जसरी पनि उम्मेदवार टुंग्याउने बताए। बोर्ड बैठकले उम्मेद्वारको निर्णय गरेपछि त्यसलाई अनुमोदन गर्न अपराह्न ३ बजे कार्यसम्पादन समितिको बैठक बस्ने उनले जानकारी दिए। 

यसअघि हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो। उपनिर्वाचनको उम्मेदवार टुंग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन्। 

संस्थापन र इतर समूहबीच सहमति हुन नसकेपछि कांग्रेसमा उम्मेदवार चयनको विषय पेचिलो बनेको हो। यसअघि उम्मेदवार छान्न हिजोको बैठकमा नेताहरूबीच ‘व्यंग्यबाण’ चलेको थियो। 

इलाम-२ मा पार्टी सभापति देउवाले डम्बर खड्कालाई उमेदवार बनाउनुपर्ने अडान लिएका छन्। संस्थापन इतर समूह भेषराज आचार्यको पक्षमा छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार