रेशमलाल चौधरीले ज्यान मार्ने धम्की दिएको आरोप

काठमाडौँ :  नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष तथा पत्नी समेत रहेकी रन्जिता श्रेष्ठका प्रमुख स्वकीय सचिव रमेश विकलाई रेशमलाल चौधरीले ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटपिट भएको हो।

Dengue

टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी भएका पाँच जना  संस्थापक सदस्यमाथि कुटपिट भएको बताए।

उनले भने, ‘बैठकमा सहभागी भएका म सहित पाँच जना संस्थापक सदस्यमाथि कुटपिट भएको हो। त्यहाँ पार्टीका संरक्षक पनि हुनुहुथ्र्यो। उहाँले यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।’ 

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक रहेको र  रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि कुटपिट गरेको उनले बताए।

यस्तै नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार