कान्तिले उपचार नगरी फर्काएको बालिकाको निधन

काठमाडौं : कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया सेन्जल शाहीको मृत्यु भएको छ।

उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको लक्ष्मण दत्त सुवेदीले बताएका छन्। 

Dengue

गत मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो। सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ। 

गम्भीर अवस्थाकी बालिकालाई पीआईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै कान्तिका चिकित्सकले फिर्ता पठाएका थिए। त्यतिबेला अस्पतालमा पिआइसियू बेड खाली नभएको उनीहरुको दाबी छ। 

‘कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आइतबार राति निधन भएको छ,’ सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन।’

मंगलबार राति कान्तिले बालिकालाई फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए। तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएका थिए। 

सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ।

असाध्यै दुःखद् खबर !
कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बाग्लुंग निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आज निधन भएको छ । सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन । तर, म अहिले पनि यहि सोचिरहेको छु । कान्ति आईपुग्दा… pic.twitter.com/2ZEJ9i4trd

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार